+
+

गौरीघाट–टुसाल सडक : कालोपत्र भएको एक वर्षमै जीर्ण

रासस रासस
२०७६ वैशाख ६ गते १३:४९
Photo Credit : फाइल फाेटाे

६ वैशाख, काठमाडौं । सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ ।

तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहेको स्थानीय रवि भट्टराई बताउँछन् ।

निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगर्ने, सडक डिभिजन कार्यालयले अनुगमन नगर्ने गरेकाले कमजोर सडक निर्माण भएको हो ।

तीन किमीको यो सडकको दर्जनभन्दा बढी स्थानमा खाल्डाखुल्डी परेको छ । कतिपय स्थानमा भने स्थानीयवासीले खानेपानीको पाइप लैजाँदा खनेको खाल्डो नपुरिँदा त्यहीँबाट सडक जीर्ण बन्न थालेको छ ।

सडक सम्पन्न भएको एक वर्ष्भित्र बिग्रिए निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्नुपर्ने व्यवस्था छ ।  सडक डिभिजन कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पानीको पाइप बिच्छ्याउन अनुमति दिए पनि सडक बनाउन नलगाएको कुमारीगाल टोल सुधार समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताए ।

गत वर्ष वर्षातमा यो सडक विस्तार सम्पन्न भएको थियो । सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कैलाशकुमार श्रेष्ठ निर्माण भएको एक वर्ष अगावै सडक जीर्ण भए निर्माण व्यवसायीलाई मर्मत गराउने बताउँछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?