+
+

राष्ट्रपतिसँग भेट्न पाउँदा जनप्रतिनिधि उत्साहित

रासस रासस
२०७६ वैशाख ६ गते १५:१६
Photo Credit : फाइल तस्वीर

६ वैशाख, राँझा (बाँके) । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् ।

‘हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो अवसर हो’, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले भने, ‘राष्ट्रपतिज्यूसँग प्रत्यक्ष रुपमा भेटघाट गरेर विकास निर्माणका सवालमा छलफल गर्न पाउँदा खुशी लाग्यो ।’

उनले राष्ट्रपतिसामु स्थानीय सरकारका कामकार्वाही र बाँके बर्दियाको विकासको सवालमा कुरा राख्न पाउँदा आफूहरु उत्साहित भएको बताए । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले नेपालगञ्ज विमानस्थलको स्तरोन्नति र सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनका बारेमा राष्ट्रपतिसामु कुरा राख्न पाउँदा हर्षित भएको बताए ।

राष्ट्रपतिसामु आफूले प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने, स्थानीय सरकारको अधिकार कटौती नगर्नुपर्ने लगायतका सवालमा गाउँपालिका महासङ्घका तर्फबाट कुरा राखेको बताए ।

भेटघाटमा स्थानीय सरकारका जनप्रतिनिधिले राखेका समस्या र प्रदेश सरकारका बारेमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राष्ट्रपतिसामु आफ्ना कुरा राखे ।
जनप्रतिनिधिको कुरा सुनेपश्चात् राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रुपमा गर्न आग्रह गरे ।

सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री पोखरेल, प्रदेश नं ५ का उपलब्ध सङ्घीय सांसद, प्रदेश सांसद, बाँके बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न बिहीबार नेपालगञ्ज आएकी राष्ट्रपति भण्डारीले जनप्रतिनिधिको भेटघाटपछि साँझ नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । राष्ट्रपति भण्डारी शुक्रबार काठमाडौँ फर्किएकी छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?