
६ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आईटीएफ तेक्वान्दोको पुरुष र महिला प्रतियोगितामा शिशिर राई र सुनिता श्रेष्ठले स्वर्ण जितेका छन् ।
निलो पेटिको पुरुष प्याटनमा प्रदेश ३ का शिशिरले प्रदेश ५ का सोनु केवटलाई हराउदै आईटीएफ तेक्वान्दोको पहिलो स्वर्णले जितेका हुन् । त्यस्तै निलो पेटिको महिला प्याटनमा आर्मीकी सुनिताले एपीएफकी सुनिता गुरूङलाई हराउदै स्वर्ण जितिन् ।
प्रतियोगितामा निर्णायकको तर्फबाट अन्तर्राष्ट्रिय रेफ्री प्रबिन कार्की र खेलाडीको तर्फबाट प्रदेश ५ की सविना श्रेष्ठले सपथ लिएका थिए । पदक बिजेता खेलाडीलाई मध्यपश्चिमाञ्चका खेलकुद प्रमुख भीम ओली, नेपाल आईटीएफका अध्यक्ष अन्जन धमलाले पुरस्कार वितरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4