Comments Add Comment

फिल्मको कथा जस्तै शाहरुख-गौरीको प्रेम प्रसंग

यसरी भएको थियो विवाह

बलिउड बादशाह, किंग खान । यस्तै उपमा दिइएको छ, शाहरुख खानलाई । बलिउडमा राज गर्ने शाहरुखको पारिवारिक जीवनलाई पनि उदाहरणिय मानिन्छ ।

वास्तवमै शाहरुख एक पारिवारिक व्यक्ति हुन्, जो जतिसुकै व्यस्ततामा पनि परिवारका लागि समय निकाल्छन् । करियरको उत्कर्षमा पुग्दा समेत उनले पारिवारिक सन्तुलन मिलाइरहे । जबकी धेरैजसो सेलिब्रेटी जब एउटा अग्लाईमा पुग्छन्, उनीहरुले पारिवारिक धरातल बिर्सन्छन् । यही कारण थुप्रै सेलिब्रेटीको दाम्पत्य जीवन दीगो रहँदैन ।

भनिन्छ, शाहरुख आफ्नी पत्नी गौरी खानको कुनैपनि सर्त उल्लंघन गर्दैनन् । आफु सुपरस्टार हुन् यद्यपी उनले आफ्नी पत्नीलाई पनि उत्तिकै सम्मानित ठाउँ दिएका छन् । शाहरुख-गौरी अहिले तीन सन्तान हुर्काइरहेका छन् । आर्यन र सुहाना हुर्किसकेका छन् । सानो छोरो सेरोगेसीबाट जन्माएका हुन्, जो कलिलै छन् । उनको नाम चाहि अबराम ।

शाहरुखको अर्को घतलाग्दो पक्ष के छ भने, उनी घरका पनि सौखिन हुन् । करियरमा उनी जति केन्दि्रत छन्, घरप्रति उनको सौख पनि उत्तिकै छ । पुरा भारतमै शाहरुख खानको घरको चर्चा हुन्छ । मुम्बईस्थित उनको घर मन्नत धेरैका लागि आकर्षणको केन्द्र पनि बनेको छ ।

अब लागौं, शाहरुख-गौरीतर्फ ।

शाहरुख खान र गौरी खानले दाम्पत्य जीवन सुरु गरेको करिब २८ बर्ष पुगेको छ । यत्तिका बर्षसम्म पनि उनीहरुको दाम्पत्य जीवनमा कुनै खटपट आएको छैन । रोचक कुरा भनिहालौं, शाहरुख र गौरीले त्यहीबेला लगनगाँठो कसेका थिए, जतिबेला शाहरुख ‘किंग खान’ भएकै थिएनन् ।

शाहरुखको जीवनमा गौरी जोडिएसँगै उनको करियरले उडान भर्न सुरु गरेको हो ।

फिल्मको कथा जस्तै

गौरी-शाहरुखको प्रेमकथा कुनै फिल्मको कथा भन्दा कम रोचक छैन । उनीहरुले एकअर्कालाई मन पराउँथे । एकअर्काको नजिक हुन खोज्थे । प्रेम गर्न चाहन्थे । तर, परिस्थिती अनुकुल थिएन ।

शाहरुखले पहिलो पटक गौरीलाई त्यही देखेका थिए, जहाँ उनीहरुको साथीको पार्टी थियो । ति दुबैका साथी थिए । र, पार्टीमा दुबै पुगेका थिए । यो सन् १९८४ बर्षअघिको कुरा । त्यसबेला शाहरुख १८ बर्षका लक्का जवान थिए । गौरी १४ बर्षकी ।

शाहरुखले गौरीलाई पहिलो पटक देख्दा गौरी कुनै अर्को पुरुषसँग नृत्य गरिरहेका थिए । शाहरुखलाई पहिलो झलकमै गौरी मन पर्‍यो । गौरी नाच्नमा लाज मानिरहेकी थिइन् । शाहरुखले हिम्मत जुटाए र गौरीलाई आफुसँग नाच्न अनुरोध गरे । तर, गौरीले कुनै रुची देखाएनन् । भनिन्, ‘म ब्वाईप|mेन्डलाई पर्खिरहेकी छु ।’

यस्तो सुनेपछि शाहरुखको सपना टुट्यो । तर वास्तविकता त के थियो भने, गौरीको कुनै ब्वाईप|mेन्ड थिएन । गौरीका भाई उनीसँगै थिए । त्यही कारण उनले झुट बोलेकी थिइन् । यो कुरा शाहरुले एक अन्र्तवार्ताको क्रममा भनेका छन् ।

जब शाहरुखले गौरीको मनोदसा बुझे । तब गौरीको नजिक पुगे र भने, ‘मलाई पनि तिम्रो दाई सम्झनु ।’

गौरीलाई पनि शाहरुखको स्टाइल र आत्माविश्वास गजब लाग्यो । आखिरमा उनीहरुको मन पग्लियो । दुबै एकअर्कालाई प्रेम गर्न थाले । शाहरुख लुकीछिपी गौरीको पछि लाग्थे । आखिरमा शाहरुखले गौरीको घरको नम्बर पनि खोजेरै छाडे । त्यसबेला शाहरुखलाई एउटा गीत खुब मनपथ्र्यो, ‘गोरी तेरा गांव बडा प्यारा ।’ गौरीलाई देख्नसाथ उनी यही गीत गुनगुनाउथे ।

शाहरुख र गौरीको पारिवारिक खाडल

यतिबेला शाहरुखका पिता थिएनन् । उनको क्यान्सरले मृत्यु भइसकेको थियो । आमा लतीफ फातिमा र दिदीसँगै शाहरुखको परिवार दिल्लीको गौतम नगरमा बसोबास गर्थे ।

यता गौरी अवकासप्राप्त आर्मी आफिसरकी छोरी थिइन् । उनीहरुको खानदान ठूलो थियो । शाहरुख जब गौरीलाई भेट्न चाहन्थे, तब कुनै साथीको घरमा फोन गरेर बोलाउँथे । फोनमा पनि उनीहरुको कोड नाम थियो, शाहीन ।

शाहरुख कलाकार बनेको रुची थिएन गौरीलाई

उनीहरुको सम्बन्ध क्रमस अगाडि बढ्दै गयो । पाँच बर्ष वित्यो । त्यसबेला शाहरुख एक टेलिभिजन शृंखलामा काम गर्न सुरु गरिसकेका थिए । गौरी फेसन डिजाइनिङ कोर्स गरिरहेकी थिइन् । दुबै व्यस्त हुँदै थिए र भेट पातलिदै थियो ।

खासमा गौरी चाहँदैनथे कि, शाहरुख कलाकारितामा लागेको ।

यता शाहरुख पनि गौरीलाई अलि बढी नै नियन्त्रण गर्न खोज्थे । गौरी कुनै पुरुषसँग बोलेको उनलाई मन पर्दैनथ्यो । अन्नतः गौरीले सोचिन्, यो सम्बन्धलाई अरु बढी लम्बाउनु ठिक छैन । सम्बन्धलाई यही बिट मार्नु उचित हुन्छ ।

एक दिन गौरी शाहरुख खानको घरमा आफ्नो जन्मदिन मनाइरहेकी थिइन् । त्यही बेला उनी शाहरुखलाई नभनी साथीहरुसँग बाहिर गए । तब शाहरुखले महसुष गरे कि, आफु गौरी बिना बस्नै नसक्ने ।

शाहरुख आफ्नी आमासँग सबै कुरा शेयर गर्थे । उनले आफ्नो मनको कुरा आमालाई सुनाए । शाहरुखकी आमाले शाहरुखलाई भारु १० हजार रुपैयाँ दिइन् र भनिन्, ‘उनलाई खोजेर ल्याउनु ।’

तब शाहरुख केही साथीलाई लिएर शहरतिर निस्के, गौरीलाई खोज्न । तर, गौरी कतै भेटिएनन् । लामो समयपछि शाहरुखले गौरीलाई एक समुन्द्री किनारमा भेटे । दुबैले एकअर्कालाई आँखामा आँखा जुधाएर हेरिरहे । अंगालोमा बाँधिए र दुबै खुब रोए । तब उनीहरुले एकअर्कासँग छुटिएर बस्नै नसक्ने महसुष गरे । उनीहरु अब विवाह गर्न चाहन्थे । हो, यही निर्णय पछि पो असली नाटक सुरु हुनेवाला थियो ।

असली नाटक सुरु

उनीहरुको सम्बन्धलाई दुई चिरा पार्नेगरी उभिएको थियो, उनीहरुको धर्म । शाहरुख मुस्लिम । गौरी हिन्दु ब्राम्हण परिवारकी । गौरीका पिता पूर्ण शाकाहारी थिए । गौरीका परिवार उनीहरुको विवाहको पक्षमा थिएनन् । यसैगरी शाहरुख र गौरीको परिवारबीच आर्थिक दुरी पनि निकै थियो ।

अवस्था कस्तो थियो भने, एकातिर शाहरुख आफ्नो करियरका लागि संघर्षरत थिए । बलिउडमा उनी चिनिएकै थिएनन् । यता प्रेम-जीवन सफल बनाउन पनि उनको अगाडि संघर्षको पहाड उभिएको थियो ।

अब शाहरुखले एउटा जुक्ति फुराए, धर्म परिवर्तन गर्ने । गौरीका परिवारलाई प्रभावित गर्न उनी हिन्दु भए । पाँच बर्षसम्म । त्यतीमात्र कहाँ हो र ? उनले नाम पनि बदले । अन्ततः गौरीको परिवार पग्लिए । गौरी र शाहरुखको विवाह भयो । सन् १९९१ अक्टोबर २५ मा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment