Comments Add Comment

आशिष र सरस्वतीलाई फेरि स्वर्ण

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको २ सय मिटर दौडमा एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरीले स्वर्ण पदक जितेकी छिन् ।

यसअघि १०० मिटरको दौडमा पुरुषतर्फ आशिष र महिलातर्फ सरस्वतीले स्वर्ण पदक जितेका थिए ।

दाङको बेल्झुण्डीमा भएको स्पर्धामा आशिषले निर्धारित दूरी २१.८३ सेकेन्डमा पूरा गरे । आर्मीका अभिषेक चौधरी दोस्रो तथा प्रदेश ४ का प्रकाश राना मगर तेस्रो भए ।

महिलातर्फ सरस्वतीले २६.२६ सेकेन्ड समय लगाइन् । प्रदेश ५ की जयरानी चौधरी दोस्रो हुदा आर्मीकी कृष्णा चौधरी तेस्रो बनिन् ।

पुरुष डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर ओलीले स्वर्ण पदक जिते । उनले ३७.०२ मिटर टाढा फाले । प्रहरीका पुस्कल खड्का दोस्रो तथा प्रदेश १ का रन्जिल श्रेष्ठ तेस्रो भए । यही स्पर्धाको महिलामा आर्मीकी अमृता महतोले स्वर्ण पदक जितिन् । अमृताले ३६.०३ मिटरको प्रदर्शन गरिन् । प्रदेश ५ की संगीता अधिकारी दोस्रो तथा एपीएफकी जितकुमारी महतो तेस्रो स्थानमा रहे ।

पुरुष हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीले स्वर्ण जिते । उनले १.८५ मिटर उचाई नाघे । प्रहरीका गोपाल चौधरीले रजत तथा प्रहरीकै विकास खाँड ठकुरीले कांस्य जिते । सो स्पर्धाको महिलामा १.५० मिटर उचाइ नाघ्दै एपीएफकी शिला चौधरी शीर्ष स्थानमा रहिन् ।

आर्मीकी संगीता सिन्जाली दोश्रो भइन् । प्रदेश १ की विन्दु चौधरी र प्रदेश ५ की अनिता चौधरी संयुक्त रुपमा तेश्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment