Comments Add Comment

सर्वोच्चका नवनियुक्त ५ न्यायाधीशले सपथ लिए

८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा नवनियुक्त न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सपथ गराएका हुन् । यी पाँच जनाले सपथ लिएसँगै सर्वोच्च अदालतमा न्यायाधीश संख्या २१ पुगेको छ ।

त्यस्तै आइतबार नै प्रधानन्यायाधीश जबराले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई सपथ गराएका छन् भने राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले सदस्य विष्णुमाया ओझालाई सपथ गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment