News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरमा पाँच दीपङ्कर बुद्धलाई नगर परिक्रमा गराउँदै पञ्चदान पर्व मनाइएको छ।
- बौद्ध संस्कृतिअनुसार भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान चर्हे’ का दिन यो पर्व मनाइन्छ।
- स्थानीय भाषामा पञ्चदानलाई ‘पञ्जदान’ वा ‘पञ्जरा’ भनिन्छ, र पाँच प्रकारका वस्तु दान गर्ने परम्परा छ।
२४ भदौ, काठमाडौं । पाँच दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै पञ्चदान पर्व मनाइएको छ ।
बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान चर्हे’ का दिन यो पर्व मनाउने गरिन्छ ।
नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले पञ्चदान पर्व सुरु गरेका हुन भन्ने भनाइ छ ।
यहाँका पाँच महाविहारबाट निकालिएका पाँच दीपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध विहारमा परिक्रमा गराउने गरिन्छ ।
काठमाडौं उपत्यका तथा आसपासका केही जिल्लामा मनाइने पञ्चदान पर्वमध्ये भक्तपुरमा मनाइने पञ्चदानको आफ्नै मौलिक विशेषता छ ।
स्थानीय भाषामा पञ्चदानलाई ‘पञ्जदान’ वा ‘पञ्जरा’ भनिन्छ । यस दिन पृथ्वीबाट उत्पादित अन्न तथा फलफूललगायत पाँच प्रकारका वस्तु दान गर्ने परम्परा छ ।
हेर्नुस् तस्वीरहरू–



















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4