Comments Add Comment

७६२ मेगावाटको तमोरमा लगानीकर्ताको चासो

८ बैशाख, काठमाडौं । तमोर जलाशययुक्त आयोजना निर्माणका लागि दुई वटा लगानी प्रस्ताव आएको छ ।  गत चैत १५ र १६ मा सम्पन्न लगानी सम्मेलनमा ‘शो केस’ गरिएको तमोर जलविद्युत परियोजनाका लागि हालसम्म दुई वटा लगानी आवेदन परेको लगानी बोर्डले जनाएको छ ।

झण्डै १ खर्ब ५० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनामा थपिएको समयसीमा अनुसार ईच्छुकले आउँदो २० मे सम्म आवेदन दिन सक्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सीईओ अधिकारीले थपिएको समय सीमाभित्र ७६२ मेगावाट क्षमताको यो जलविद्युत परियोजनामा थप आवेदन पर्न सक्ने आशा ब्यक्त गरे । बोर्डले लगानी प्रस्तावको नाम भने गोप्य राखेको छ ।

विदेशी लगानीकर्ताले चासो देखाएपछि यो आयोजनाको निर्माण अघि बढ्ने अपेक्षा त पलाएको छ, तर आशंका पनि उत्तिकै छ ।
नेपाल विद्यत प्राधिकरणका अधिकारीका अनुसार यो आयोजना बनाउन सहज स्थिति छैन ।

यो आयोजनालाई पूर्ण क्षमतामा बनाउने हो सरकारले नै निकै महत्वपूर्ण कदमहरु चाल्नुपर्ने उनीहरु बताउँछन् । किनभने यो आयोजनाको डुबान क्षेत्रमा नै अहिले साना आयोजना बनेका छन्, बन्दै पनि छन् ।

७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनासमेत अध्ययनका क्रममा छ । अध्ययनका लागि एशियाली विकास बैंकले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

यो पनि पढ्नुहोस दुई आयोजना डुबाएर विदेशी लगानीमा बन्ला तमोर जलाशययुक्त आयोजना ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment