Comments Add Comment

बाग्लुङमा जन्तीबस दुर्घटना : १ जनाको मृत्यु,५ घाइते

८ वैशाख, बाग्लुङ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा आइतबार साँझ जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

ताराखोला गाउँपालिका १ माझखर्कबाट जन्ती लिएर काठेखोला गाउँपालिका–८ लेखानी जाँदै गरेको ध १ ख ४६८ नम्बरको बस  बिहुँको भ्युटावरनजिकै सडकबाट खस्दा काठेखोला ८ का ६४ बर्षका गंगाबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

घाइतेमध्ये काठेखोला गाउँपालिका–८ कि १७ बर्षीया संगीता विकको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको छ । दुर्घटनामा परी काठेखोला गाउँपालिका–८ का सफलता बिक, ज्योति सुनार, चन्द्रबहादुर सुनार र आरती सुनार समान्य घाइते भएको उपरीक्षक शर्माले जानकारी दिए ।

दुर्घटनापछि घाइतेलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल ल्याइएको थियो । बस सडक भन्दा १० मिटर तल खसेको थियो ।

यो पनि पढ्नुहोस मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना, २ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment