
८ वैशाख, बारपाक । गोरखाको रमणीय हिमाली गाउँ बारपाकले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि अर्को परिचय पायो, भूकम्पको केन्द्रविन्दु ।
भूकम्पबाट ७२ जनाको ज्यान गुमाएको बारपाक गाउँ त्यो पीडाबाट करिब उठिसकेको छ । भूकम्पमा भत्किएका १ हजार ३ सय भन्दा बढी घरमध्ये अधिकांश नयाँ बनेका छन् ।
भूकम्पको केन्द्रविन्दु हेर्न आउने पर्यटक, राहत र सहयोग गर्ने दाता, सहयोग कार्यक्रम सञ्चालन गर्ने गैर सरकारी संघसंस्थाका कारण यहाँ मानिसहरुको आवतजावत निकै बढेको छ । आवतजावत बढेसँगै होटल ब्यवसाय फस्टाएको छ, सडकलगायत विकासका पूर्वाधार पुगेका छन् ।
गुरुङ, घलेहरुको बाहुल्यता रहेको बारपाक पुनर्निर्माणका क्रममा ठूला पक्की भवन बनेका छन् भने कतिपयले रंगीन जस्तापाताले घर छाएका छन् ।
पहिले काठ र ढुंगाले बनेका र आँगनमा लामा लामा ढुंगा छापिएको परम्परागत गाउँ अब देखिँदैन । बारपाक अब परम्परागत हिमाली बस्तीबाट एउटा विकसित र शहरोन्मुख गाउँजस्तो बनेको छ ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4