+
+
Shares

ललितपुर महानगरपालिकामा भवन अभाव

रासस रासस
२०७६ वैशाख ९ गते १०:१६

९ वैशाख, ललितपुर । भवन अभाव हुँदा ललितपुर महानगरपालिकालाई कर्मचारी व्यवस्थापन गर्न कठिनाइ भएको छ ।

कर्मचारी आइरहे पनि पर्याप्त भवन नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ ।

महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआएको प्रवक्ता राजु महर्जनले बताए ।

उनका अनुसार विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन भएर आएका छन् । महानगरपालिकामा पहिले नै झण्डै ३०० कर्मचारी कार्यरत थिए । एकातिर पहिलेबाट नै भवन अभाव रहेकामा महानगरमा नयाँ कर्मचारी आएपछि भवन अभाव अझै बढेको उनले बताए ।

महानगरपालिकाको पुल्चोकस्थित मुख्य भवनबाहेक छ्याबहालस्थित समाज कल्याण भवन र पुल्चोकस्थित विपत् व्यवस्थापन भवन गरेर तीन वटा भवन रहेका छन् । ती तीन भवन मात्रै पर्याप्त नभएकाले थप भवनका लागि माग भइरहेको छ ।

महानगरपालिकाका दश वटा वडामा कार्यालय भवन छैनन् । तीमध्ये पाँचमा गत वर्षदेखि निर्माण शुरु भइसकेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?