Comments Add Comment

यानको इन्जिन फेल भएपछि अन्तरीक्षमा यात्रु पठाउने योजना विफल

अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सको यात्रुहरूलाई अन्तरीक्षमा पठाउने योजना विफल भएको छ ।

स्पेस एक्सले व्यवसायिक रुपमा यात्रुहरुलाई इन्टरनेसनल स्पेस स्टेसनमा पठाउने योजना बनाएको थियो, जसमा हालै झट्का लागेको छ ।

समाचार अनुसार, स्पेस एक्सको मिसनसँग जोडिएको एक महत्त्वपूर्ण इन्जिनको परीक्षण विफल भएको छ ।

स्पेस एक्स र नासाले मिलेर उक्त मिसनमा काम गरिरहेका छन् । जसमा यानको एक इन्जिन परीक्षणका क्रममा एउटा त्रुटि फेला परेको छ र स्पेस एक्सको क्रू ड्रागनको इन्जिन टेस्टका क्रममा फेल भएको छ ।

रिपोर्ट अनुसार, फ्लोरिडाको केप क्यानभेरल एयर फोर्स स्टेसनमा बनेको स्पेस एक्सको टेस्ट सेन्टर नजिकै धुँवा उडेको देखिएको थियो । इन्जिन परीक्षणको क्रममा कम्पनीको क्रू ड्रागन क्याप्सुलमा समस्या देखियो र त्यससँगै इन्जिन फेल भएर धुँवा उड्न पुगेको थियो । स्पेस एक्स र स्टेसन कमान्डिङ्ग डिपार्टमेन्टले पनि यो तथ्यको पुष्टि गरेका छन् ।

उक्त घटनामा कोही पनि घाइते नभएको बताइएको छ । सुरुवाती परीक्षण सफल भएपनि अन्तिम परीक्षणका क्रममा इन्जिनमा क्षति पुगेको कम्पनीले जनाएको छ ।

परीक्षणमा असफलतासँगै यात्रुलाई सकुशल रुपमा अन्तरीक्षमा पुर्याएर पुनः सकुशल पृथ्वीमा फर्काउने स्पेस एक्सको दाबीमा पनि शंका उत्पन्न भएको छ ।

गत वर्ष स्पेस एक्सले आफ्नो एक बिग फाल्कन रकेटको माध्यमबाट एक पर्यटकलाई चन्द्रमामा पठाउने योजना बनाइरहेको बताएको थियो । उक्त रकेटलाई अन्तरीक्षमा यात्रुहरुलाई पठाउनका लागि डिजाइन गरिएको हो । स्पेस एक्सले उक्त यानमा चढेर पहिलोपटक चन्द्रमामा जाने एकजना यात्रीसँग सम्झौता पनि गरिसकेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment