Comments Add Comment

सिन्धुपाल्चोकले पहिलोपटक पायो महिला सीडीओ

१० वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकले पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) पाएको छ ।

गृह मन्त्रालयले जिल्लाको ४७ औं सीडीओका रुपमा गोमादेवी चेम्जोङलाई पठाएको हो ।

जिल्लामा ०२२ देखि प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था सरकारले गरेको थियो । तर, सिन्धुपाल्चोकले ०२२ देखि ४६ औं पटकसम्म पुरुष सीडीओ पाए पनि महिला पाउन सकेको थिएन ।

चेम्जोङ सह–सचिव हुन् । तर गृहले उनलाई कामु प्रजिअको जिम्मेवारी तोकेको छ ।

गृहबाट सिन्धुपाल्चोकको सीडीओमा सरुवा भएकी चेम्जोङ शुक्रबारदेखि जिल्लामा हाजिर भएकी छन् ।

पदभार ग्रहण गर्दै उनले जिल्लाको शान्ति सुरक्षालगायतका अन्य मुद्दाहरुमा सबैसँग मिलेर काम गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment