Comments Add Comment

किम जोङ्ग उन र भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने

Photo Credit : एपी

१० वैशाख, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ ।

रुसी समाचार माध्यमहरुले २५ अप्रिलमा भ्लादिभोस्टकमा पुटिन र किमबीच भेट हुने उल्लेख गरेका छन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले भने पुटिनसँग किमको भेटवार्ता ‘छिट्टै’ हुने बताएको छ । तर, मिति र स्थान भने नतोकेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किमको दोस्रो चरणको वार्ता निष्कर्षविहीन भएपछि रुसी राष्ट्रपति पुटिनसँग हुन लागेको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । किम र पुटिनबीचको यो भेटवार्तालाई उत्तर कोरियाको आर्थिक विकासमा अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटाउने योजनाको रुपमा हेरिएको छ ।

उसअघि पुटिन र ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता सिंगापुरमा भएको थियो । सो भेटवार्तामा कोरियाली प्रायद्वीपलाई आणविक अस्त्र मुक्त बनाउने सहमति भएको थियो । सो सहमति कार्यान्वयनको खाका हनोईमा आयोजित दोस्रो वार्ताले बनाउने अपेक्षा गरिएको थियो ।

यद्यपि बहुप्रतिक्षित हनोइ वार्ता निष्कर्षविहीन भयो । पहिलो वार्तामा भएका सहमति कार्यान्वयन नगरेको भन्दै अमेरिकाले उत्तर कोरियामाथि लगाइएका प्रतिवन्ध हटाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment