+
+
Shares

सरकार र राप्रपाबीच पहिलो वार्ता : हिन्दु राष्ट्रबारे छलफल भएन

कानूनमन्त्रीले भने : संविधान अतिक्रमित हुने मागमा पुनर्विचार गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १० गते १९:३१
Photo Credit : मोहन श्रेष्ठको फेसबुकबाट

१० वैशाख, काठमाडौं । धर्म निरपेक्षता खारेजीलगायतका २२ बुँदे माग राखेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच मंगलबारको वार्ता सकिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको हो । वार्ताको अर्को मिति पनि तोकिएको छैन ।

वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेका थिए । वार्तापछि पत्रकारसँग कुरा गर्दै उनले संविधानमा भएका व्यवस्थामा सरकारले सम्झौता नगर्ने भन्दै संविधानको व्यवस्था अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेको बताएका छन् ।

राप्रपाका तर्फबाट वार्ता टोली संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुन छलफल गर्ने सहमति गर्दै आजको वार्ता सकिएको बताए । ‘आज हामीले २२ सूत्रीय मागका विषयमा कुरा राख्यौं, सरकारले पनि तपाईहरुले उठाउनुभएको धेरै कुरामामा विचार गर्छौं भनेको छ, धर्म निरपेक्षता खारेजी, गोलमेच सम्मेलनजस्ता नीतिगत विषयमा पुनः छलफल गर्ने सहमति भएको छ’ वार्तापछि बोहराले अनलाइनखबरसँग भने ।

अर्को बैठकको मिति नतोके पनि ४/५ दिनमा बस्ने उनले बताए । सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।

वार्तामा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वरिष्ठ नेता दीपक बोहरा र निरञ्जन थापा सहभागी भएका थिए । राप्रपाका वार्ता टोली सदस्य राजेन्द्र लिंदेन भने मंगलबारको वार्तामा सहभागी भएनन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?