+
+
Shares

पाण्डेलाई हात हालेका विराजले माफी मागे

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १० गते १४:२९

चलचित्र प्राविधिक संघको कार्यलयमा उपस्थित भएका नायक विराज भट्टले प्राविधिक शंकर पाण्डेसँग माफी मागेका छन् । सोमबार बेलुकी विराजले प्राविधिक पाण्डेमाथि हात हालेका थिए । जवाफमा पाण्डेले पनि भट्टमाथि हातपात गरेका थिए ।

तर, पहिले हात छाडेका कारण विराजले पाण्डेसँग माफी मागेका हुन् । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सहमतीमै कुरा टुंगिएको बताए । उनले भने–‘गल्ती भएपछि विराजजीले माफी माग्नु स्वभाविक हो । तर, दुबै जना सहमतीमा आएर कुरा टुंगिएको छ ।’

अब, विराजको चलचित्रमा पाण्डेले निर्माण नियन्त्रणको रुपमा काम नगर्ने भएका छन् । पाण्डेले पनि भट्टलाई पारिश्रमिकको संझौतामा दिएको पेश्की रकम फिर्ता गर्नु नपर्ने भएको छ । विराज आफैले पैसा फिर्ता गर्नु नपर्ने बरु आफूले एक हजार थपेर दिन तयार भएको बताएका थिए । विराजले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘साङ्लो’को बिषयलाई लिएर सोमबार बेलुकी कुराकानीका क्रममा पाण्डे र विराजविच लफडा भएको थियो ।

 

विराजले शंकरमाथि हात हालेपछि लफडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?