Comments Add Comment

भोजपुर बजारमा लकर प्वाल पारेर सुन र नगद चोरी

१० वैशाख, भोजपुर । भोजपुर बजारमा सोमबार राति एक पसलमा लकर फोरेर सुन र नगद चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयबाट करिब एक सय मिटर नजिकै दुरीको बुद्ध धातु उद्योगमा चोरी भएको हो । सो पसल हार्डवयर पसलमा भोजपुर जिल्लाकै सबैभन्दा ठूलो पसल मानिन्छ ।

पसलको सेफ (लकर) प्वाल पारेर त्यहाा रहेको साढे १२ तोला सुन, २२ हजार ६ सय नगद गरी साढे ७ लाख बढि चोरी भएको भोजपुरका प्रहरी निरीक्षक पाण्डप राजवंशीले बताए । सेफ प्वाल पार्न चोरले वेल्डिङ्ग मेसिनको प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

लकरको तल्लो खण्डमा रहेको पैसा र अन्य सुन भने चोरले निकाल्न नसकेर छाडेर गएको बताइएको छ । वाथरुमको झ्यालबाट पसेर राति चोरी भएको र विहान ७ बजे पसल खोलेपछि मात्र आफूले थाहा पाएको पसलका सञ्चालक बद्री श्रेष्ठले बताए ।

चोरी गर्नेको खोजी कार्य र अनुसन्धान भैरहेको प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment