Comments Add Comment

भ्रष्टाचारको ओझेलमा लोकतन्त्रका उपलब्धि, यी हुन् १३ वर्षका १० ठूला काण्ड

राजधानी काठमाडौंबाट आज प्रकाशित सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा लोकतन्त्र दिवस परेको छ ।०६३ वैशाख ११ गते आजकै दिन आएको लोकतन्त्र र त्यसपछिका सवल र दुर्वल पाटाको  विश्लेषण आजका पत्रिकाहरुले गरेका छन् ।

कान्तिपुरले लोकतन्त्रको उपलब्धिलाई भ्रष्टाचारले ओझेलमा पारेको लेखेको छ । उसले लोकमान प्रकरणदेखि एनसेल करछलीलाई लोकतन्त्र प्राप्तिपछिका सबैभन्दा ठूला काण्डका रुपमा प्रस्तुत गरेको छ । त्यस्तै, आयल निगम जग्गा काण्ड, सडान काण्ड, लडाकु भत्ता, नक्कली भ्याट बिल, गोपाल पराजुली प्रकरण, वाइडबडी घोटालालाई पनि उसले ठूला काण्डका रुपमा विश्लेषण गरेको छ ।

‘पछिल्ला १४ वर्षमा जनआन्दोलनमा अपेक्षा गरिएका अधिकांश उपलब्धि हासिल भएका छन् । संविधानसभाबाट संविधान जारी गर्ने दशकौंदेखिको जनताको सपना पूरा भएको छ’, लोकतन्त्रपछिका सवल र दुर्वल पाटो केलाउँदै कान्तिपुरमा कृष्ण ज्ञवाली लेख्छन्, ‘सँगसँगै राजनीतिक भागबण्डा, पैसावालको पहुँचमा सांसद् र मन्त्री, आलोचकप्रति असहिष्णु संस्कार, सत्ता र भत्ताको आशक्ति, सडकमा राजसी रवाफजस्ता विकृति मौलाएको छ । भ्रष्टाचार झांगिएको छ ।’

दलहरुको लोकतान्त्रिक आचरणबारे पनि कान्तिपुरले एक विश्लेषण छापेको छ । दलहरुमा विधि, प्रक्रिया र पद्धतिभन्दा नेताको हैसियत, बहुमत र भागबन्डा हाबी भएको निष्कर्ष कान्तिपुरको छ ।

लोकतन्त्र पुनर्वहालीका १३ वर्ष पूरा भए पनि शहीदका सपना अधुरै रहेको ठहर नयाँ पत्रिकाले गरेको छ । पूर्वराष्ट्रपतिको सुरक्षासँग सम्बन्धित अर्को खबरलाई पनि आजको नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्णले लोकतन्त्रको मर्म लरबरिएको लेखेको छ । विज्ञहरुले समय रहेकाले सिस्टम सुधार्न सुझाएका छन् ।

नागरिकले पूर्वप्रधानन्यायाधीशलाई ऐनविपरीत गाडी सुविधा दिइएकोलाई प्रमुख समाचार बनाएको छ । प्रदेश ५ को फोहोर व्यवस्थापनको विषयलाई पनि नागरिकले आज उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment