Comments Add Comment

यस्तो छ राष्ट्रपति भण्डारीको सवारी रुट

११ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साताब्यापी भ्रमणका लागि बुधबार चीन जाँदैछिन् ।

बेइजिङमा दोस्रोपटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति चीन जान लागेकी हुन् ।

उनी बिहान १० बजे शीतल निवासबाट अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गर्नेछिन् । शितलनिवासबाट भाटभटेनी, ल्होत्से चोक हुँदै एयरपोर्ट पुग्ने सवारीको रुट निर्धारण गरिएको छ । उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे सियान हुँदै बेइजिङतर्फ उड्नेछिन् । राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि चीन भ्रमणमा सहभागी हुनेछन् ।

चीन भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसक्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने पनि तय भएको छ ।

राष्ट्रपति भण्डारी शान्जी प्रान्तको राजधानी सियानको भमण गर्ने र ल्हासा हुँदै वैशाख १९ गते विहान ११ बजे स्वदेश फर्किने छिन् । उनी एयर चाइनाको उडान नम्बर सीए ४०७ बाट काठमाडौं फर्किने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment