Comments Add Comment

सुनसरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

११ वैशाख, सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा–६, घोपाली टोलमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१, झुम्काका २६ वर्षीय उमेश चौधरीको ज्यान गएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १२३६ नंको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को५प ५०३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए । उपचारका लागि अस्पताल, इनरुवा लगिएकोमा त्यही उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर गाईघाट नगरपालिका–१३, पुरानो बजारका २० वर्षीय सङ्गम राई घाइते भएका छन् । उनको हाल विराटनगरमा उपचार भइरहेको छ ।

ट्रक र त्यसका चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment