
नायिका बर्षा राउत र नायक संजोग कोइरालाले गतबर्षको फागूण २ गते बिबाह गरेका थिए । भव्य रुपमा बिहे गरेको यो जोडी बिहेपश्चात नै आफ्नो व्यवसायिक काममा व्यस्त बनेका थिए । संजोग व्यापारिक काममा व्यस्त बने भने नायिका बर्षा राउत चलचित्र ‘जात्रै जात्रा’को छायांकनमा जोडिएकी थिइन् । जसकाकारण पनि उनीहरुले बिहेपछिको हनिमुन यात्रा गर्न पाएका थिएनन् ।
तर, यो जोडी केही दिन अगाडि मात्र करिब ३ हप्ताको समय निकालेर यूरोप पुगेको छ । इटालीमा केही दिन रमाएको यो जोडीले त्यसपछि फ्रान्स पुगेको बताएको छ । फ्रान्समा यी दुइको माया छल्किएको छ । बर्षा राउत चलचित्र ‘दाल भात तरकारी’को प्रमोशनमा सहभागी हुन नपाउने पक्का छ ।
तर, उनले आफू लिड भूमिकामा रहेको चलचित्र ‘जात्रै जात्रा’को प्रमोशनमा भने सहभागी हुने बताएकी छिन् । यो जोडीले करिब ६ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेको हो ।
प्रतिक्रिया 4