Comments Add Comment

चार वर्षमा २८ हजार घर बने

११ वैशाख, रामेछाप । विनाशकारी भूकम्प भत्काएका ४६ हजार मध्ये २८ हजार घर पुनर्निर्माण भएको छ ।

पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यक्रम कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारका एमआईएस सुरेन्द्र यादवकाअनुसार जिल्लामा ४६ हजार ६७८ लाभग्राहीले घर पुननिर्माणका लागि सम्झौता गरेका थिए । जसमध्ये ४३ परिवारले मात्र पहिलो किस्ताको ५० हजार बुझेका छैनन् ।

हालसम्म २८ हजार ४ सय ८ लाभग्राहीहरुले घर निर्माणको सम्पूर्ण काम सकेका छन् । अन्तिम किस्ता लिइसकेका ४ हजार ३६२ परिवारको पनि घर निर्माण अन्तिम चरणमा पुगिसकेको छ । ८ हजार बढीले तोस्रो किस्ता लिन बाँकी छ ।

उनीहरु मध्ये कतिपय लाभग्राहीहरुले जग उठाएर महिनौंदेखि निर्माण कार्य अगाडि बढाएका छैनन् ।

पहिलो किस्ता लिएर सम्पर्कविहीन

घर निर्माणको सम्झौता गरेर पहिलो किस्ता लिएका मध्ये ५ हजार ५ सय लाभग्राही सम्पर्कमा आएका छैनन् । उनीहरुले घर निर्माणको काम नै सुरु गरेका छैनन् ।

यस्तै भवन निर्माणका लागि सझौता गरेर पहिलो किस्ता ५० हजार रुपैयाँ लिने १३ जना लाभग्राहीले भने घर निर्माण नगर्ने भन्दै रकम फिर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment