Comments Add Comment

तत्काल महाधिवेशन गर्न राजपा नेतृत्वलाई दबाब

११ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दिवाव दिन सुरु गरेका छन् ।

तीन दिनयता काठमाडौंमा जारी राष्ट्रिय जनता पार्टी, नेपालको पदाधिकारी समितिको बुधबारको बैठकमा नेताहरुले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दवाव दिएका हुन ।

बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको महासचिव केशव झाले जानकारी दिनु भयो । राष्ट्रिय जनता पार्टी, नेपालको यही वैशाख  ७, ८ र ९ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

बैठकमा नेताहरुले अव भने महाधिवेशन गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए । त्यसैगरी समान विचार भएका पार्टीहरुसँग एकता गरेर पार्टीलाई शक्तिशाली बनाउने विषयमा पनि नेताहरुले जोड दिएको पनि महासचिव झाले बताए ।

राष्ट्रिय जनता पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकताका विषयमा छलफल भइरहेको छ ।

बैठकले सरकारविरुद्धको आन्दोलनको कार्यक्रमलाई सशक्त रुपमा अघि बढाउने तयारी पनि गरेको राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment