Comments Add Comment

राष्ट्रपतिको चीन भ्रमणमा ४ सम्झौतामा हस्ताक्षर हुने

१२ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा बिभिन्न चार वटा सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विभिन्न चार वटा सम्झौतमा हस्ताक्षर हुने जानकारी दिएका हुन् ।

उनका अनुसार राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल सरकार र चीन सरकारबीच नेपालको भन्सार विभाग र चीनको भन्सार प्रशसनबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।

यस्तै, नेपाल सरकारलाई चीन सरकारबाट प्राप्त हुने एक अर्ब युआन (करिब रु.१६ अर्ब ८० करोड) साहायता स्वीकार गर्ने र गुणस्तरसम्बन्धी विषयमा सहयोग सम्बन्धी नेपाल र चीनबीच हस्ताक्षर हुने समझदारीपत्र मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।

यस्तै सांस्कृतिक, पुरातात्विक वस्तुहरुको अवैध ओसारप्रसार र चोरी निकासी रोक्नेसम्बन्धी सम्झौतामा पनि राष्ट्रपति भण्डारीको चीन भ्रमणकै क्रममा हस्ताक्षर गर्ने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिए ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीन भ्रमणका गएकी छन् । राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस् :  राष्ट्रपतिको चीन यात्रा : पछिपछि माधव नेपाल र मन्त्रीको ताँती !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment