Comments Add Comment

काठमाण्डौका मल्टिप्लेक्समा ‘छक्का पन्जा २’ले किन शोज पाएन ?

नयाँ बर्षको सुरुवातसँगै नेपाली चलचित्रले अब कस्तो व्यापार गर्लान् भन्ने चर्चा पनि सुरु भएको छ । चलचित्रको सुरुवाती व्यापार सुखद भयो भने त्यसले बर्षभरी प्रभाव पार्ने सोच चलचित्रकर्मी राख्छन् । यसैविच, यसपटक नेपालको लिडिङ ब्यानर ‘आमा सरस्वती मुभिज’ले पुरानो चलचित्र रिलिज गर्ने सोच बनायो ।

डेढ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’लाई फेरि रिलिज गरेर समाजसेवामा लगाउने सोच निर्माता दिपकराज गिरी र उनको टिमलाई थियो । चलचित्र फेरि रिलिज हुने भएपछि काठमाण्डौका मप्लिप्लेक्सले पनि चलचित्र आउँदैछ भन्ने जानकारी आफ्नो वेवसाइटमा गराएका थिए ।

तर, हलिउडको चलचित्र ‘एभेन्जर्स इन्ड गेम’ले बक्स अफिसमा सुनामी नै ल्याएपछि शुक्रबार काठमाण्डौका कुनै पनि मल्टिप्लेक्समा ‘छक्का पन्जा २’ले शोज पाएन । शुक्रबार काठमाण्डौको क्यूएफएक्सले २ हप्ता अगाडि रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’लाई ३ शोजमा खुम्च्याएर अरु सबै हल ‘एभेजन्र्स’लाई दिएको छ ।

यसैले काठमाण्डौ बाहिरका ५० बढी हलमा ‘छक्का पन्जा २’ लागेको जानकारी यसको निर्माणपक्षले दिएको छ । यस्तै, काठमाण्डौका सिंगल थिएटरमा मात्र यो चलचित्र चलेको जानकारी दिइएको छ । चलचित्रको रि–रिलिजबाट राम्रै व्यापार हुने अपेक्षा गरिएको थियो । तर, हलिउड चलचित्रको सुनामीले यो चलचित्रलाई पनि बगाएको छ भन्दा फरक नपर्ला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment