Comments Add Comment

रंगभेदविरुद्ध उभिएका स्ट्राइकर स्टर्लिङलाई अवार्ड

काठमाडौं । रंगभेदविरुद्ध उभिएका म्यानचेष्टर सिटीका स्ट्राइकर राहम स्टर्लिङले अवार्ड जितेका छन् । उनी बीटी स्पोर्ट्स इन्डष्ट्रि अवार्डबाट सम्मानित भएका हुन् ।

स्टर्लिङले पत्रिकाको अश्वेत खेलाडीहरुलाई अखबारहरुले गलत रुपमा चित्रण गरेको भन्दै आलोचना गरेका थिए भन् खेलाडीमाथि नश्लीय दुर्व्यवहार गर्ने फुटबल समर्थकमाथि कडा कारबाही गर्नुपर्ने मत राखेका थिए ।

आफूले पाएको सम्मानले युवा खेलाडीहरुलाई फुटबलमा हुने रंगभेदविरुद्ध उभिन मद्दत गर्ने उनले बताएका छन् ।

२४ वर्षे खेलाडीले भने, ‘लिभरपुलमा मेरो वरिपरी स्टिभन गेरार्डजस्ता मानिसहरु थिए । उनलाई हेरेर म सोच्थेँ कि म उनको आधा मात्रै बन्न सके पनि हुन्थ्यो ।’

अवार्ड हस्तान्तरण गर्दै ईंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले स्टर्लिङको कदमले बेलायती समाजमा ठूलो प्रभाव परेको बताए । ‘मैले पाँच वर्षदेखि रहिमसँग काम गर्दै आएको छु र एक व्यक्तिको रुपमा उनीमा आएको परिपक्वता निकै प्रशंसनीय छ,’ उनले भने ।

‘यो उनको व्यक्तिगत सुधारको कुरा मात्र नभएर मैदानको प्रदर्शन र उनको प्रतिष्ठामा आएको बढोत्तरीको पनि कुरा हो ।’

गत डिसेम्बरमा स्टामफोर्ड बि्रजमा आयोजित म्याचसीटीले २-० ले हारेपछि स्टर्लिङलाई चेल्सीका फ्यानहरुले रंगभेदी दुव्र्यवहार गरेका थिए, जसलाई लिएर उनले आफ्नो इन्स्टाग्राममा आक्रोश पोखेका थिए । स्टर्लिङले अश्वेत खेलाडीहरुलाई न्यूजपेपरहरुले गरेको चित्रणमा पनि प्रश्न उठाएका थिए ।

गत जनवरीमा उनले सीटीका रंगभेदी दुव्र्यवहारको शिकार बनेका एक युवा फ्यानलाइ पत्र लेखेर सहानुभूति र हौसला दिएका थिए ।

यसैगरी मार्चमा मोन्टेनेग्रोमा आयोजित ईंग्ल्यान्डको यूरोपियन च्याम्पियनसीप क्वालिफायरका क्रममा पनि स्टर्लिङमाथि दुर्व्यबहार भएको थियो ।

अप्रिलको सुरुवातमा उनलाई बि्रटिस स्पोट्र्स स्टारको रुपमा प्रशंसा गर्दै स्पोर्ट्सपर्सन अफ द इयर २०१९ को अवार्ड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment