Comments Add Comment

पिँजडाका चरी नहुनोस् : मन्त्री बाँस्कोटा

१४ वैशाख, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासका समाचार नसमेट्ने टेलिभिजन र मोबाइलबाट सामाजिक सञ्जालमा विकृती फैलाएको मात्र हेर्नेहरु ‘पिँजडाका चरी’ बन्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक विमोचन गर्दै उनल भने, ‘विकास हेर्ने दिमाग बक्समा सीमित पारेर सकुचित बन्नु हुन्न । पहिला बक्सबाट दिमाग निकाल्नुस्, अनि विकास हेर्न राजमार्ग र गाउँगाउँमा दौडनुस् । टेलिभिजन र मोबाइलमा कोकोहोलो मच्चाउनेको दिमाग ‘बक्सदेखि बक्ससम्म’ मात्रै हुन्छ । त्यस्ता क्रियाकलाप हेरेर  पिँजडाका चरी नहुनोस् ।’

उनले सरकारको चालू योजना र निकट भविष्यका योजनाबारे बुझेपछि मात्रै आलोचना गर्न आग्रह गरेका छन् । मन्त्री बास्कोटाले भने, ‘सकारात्मक सोच र चिन्तनले मात्रै सही दृष्टि बन्छ, अब दृष्टि बदल्नु जरुरी छ ।’

अधिकांश सञ्चार माध्यमले विकासका कामलाई प्रकाशन प्रसारण गर्न कञ्जुस्याइँ गरेको आरोप सञ्चारमन्त्री बास्कोटाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment