+
+
Shares

डा. विष्णुमायालाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड’

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १५ गते १६:३८

अमेरिका । अमेरिकामा क्रियाशील नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड’बाट सम्मान गरिएको छ ।

ग्लोबल युथ पार्लियामेण्टले काठमाडौंमा आयोजना गरेको ‘ग्लोबल युथ लिडरसिप समिट २०१९’ मा डा. परियारलाई सम्मान गरिएको हो । डा. परियारलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्मान प्रदान गरेका थिए ।

डा. परियार जर्सी सिटीका मेयरका सल्लाहकार हुन् भने नेपालमा सामाजिक रूपान्तरणको लागि कि्रयाशील एडवान संस्थाको संस्थापक अध्यक्ष हुन् ।

सन् १९९८ देखि सुरु भएको उड्वानले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।

अहिलेसम्म सात जिल्लाका ५० हजार महिला स्वालम्बी भएका छन् भने २३ हजारभन्दा बढी गरीब, दलित बालबालिकालाई शिक्षा प्रदान गरेको छ ।

डा. विष्णुमायाकै परिकल्पना र नेतृत्वमा अमेरिकाको जर्सी सिटीसँग नेपालको इन्द्रावती गाउँपालिकालाई सिस्टर सिटी बनाउने सहमति भएको थियो ।

२४ जनवरी, २०१९ मा भएको उक्त सहमतिमा डा. विष्णुमायाले विशेष दूतको रुपमा काम गरेकी थिइन् ।

अन्य मुलुकको शहरसँग सिस्टर सिटी बन्ने  इन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका भएको डा. विष्णुमाया बताउँछिन् ।

अमेरिकाको केन्टकी राज्यको लुइभिल शहरले सन् २७ सेप्टेम्वरलाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरेको छ ।

उनले २०१५ सालमा उक्त सम्ममान पाएकी थिइन् । त्यस्तै, विश्वका १५५ भन्दा बढी देशहरुका न्यूयोर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाइटी अफ फरेन कनुल्स इन् न्यू योर्क’ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसँगै डा. परियारलाई पनि सम्मान गरेको थियो ।

विष्णुमाया दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी नेपाली चेली हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?