
१८ वैशाख, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ बुधबारदेखि नयाँ सरकारी निवासमा सरेका छन् । हाल बस्दै आएको गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ग्रीनहाउसमा सरेका हुन् ।
उपराष्ट्रपति पुन अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर नयाँ भवनमा सरेका उनको सचिवालयले जानकारी दिएको छ । गत वर्ष भदौ २१ गतेको बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
त्यसपछि वातावरणमैत्री हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रीनहाउस’नामाकरण गरिएको पुनको सचिवालयले जानकारी दिएको छ ।
उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केही दिनपछि मात्रै सर्नेछ । उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ । यसअघि उपराष्ट्रपतिको निवास निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ ।
प्रतिक्रिया 4