+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

एनएसीले वाइडबडीको ऋण तिर्न सकेन, सरकारसँग २० अर्ब माग

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते ७:०६

२० वैशाख, काठमाडौं । सार्वजनिक जग्गा दुरुपयोग र वर्डफ्लुले मानिसको ज्यान लिएको विषय मुख्य दैनिक पत्रिकाहरुको प्राथमिकतामा परेको छ । त्यस्तै, प्रदेश राजधानी विवाद, सरकारको नीति तथा कार्यक्रमबारे पनि आजका पत्रपत्रिकाहरुले समाचार लेखेका छन् ।

अन्नपूर्णले आज प्रदेश नामांकन र राजधानीमा देखिएको विवादलाई मुख्य समाचार बनाएको छ । अन्नपूर्णका अनुसार, प्रदेश १ मा नाम र राजधानीलाई लिएर विवाद छ । केही दिनदेखि विवाद समाधानको प्रयास भइरहे पनि सफल हुन सकेको छैन । तर, प्रदेश २ मा भने नाम मधेस र राजधानी जनकपुर राख्न जनस्तरबाट सुझाव आएको छ । सरकारद्वारा गठित संवाद तथा सुझाव आयोगको प्रतिवेदनमा प्रदेशको नाम मधेस प्रदेश राख्न ७० प्रतिशत जनताले सुझाव दिएको उल्लेख छ ।

नेपाल वायु सेवा निगम ऋणमा चुलुम्म डुबेको तथ्य पनि आज अन्नपूर्णले प्रस्तुत गरेको छ । उसले नाफामूलक गन्तव्यमा उडान गर्न नसक्दा र पूर्णक्षमतामा उडान गरी लाभ लिन नसक्दा वाइडबडीलगायतका जहाज किन्दाको ऋण तिर्न समस्या परेको हो । आम्दानी अपेक्षित रुपमा हुन नसकेपछि हरेक ३ महिनामा किस्ता बुझाउन एनएसीलाई हम्मे परेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई क्रमशः १८ करोड र ७३ करोड तिर्न बाँकी छ ।

अन्नपूर्णका अनुसार, एनएसीले सरकारसँग् २० अर्ब रुपैयाँ ऋण मागेको छ । ऋणका कारण तलब खुवाउन समेत समस्या आएको भन्दै उसले ऋणका लागि सरकारसँग याचना गरेको हो ।

सार्वजनिक जग्गा दुरुपयोगमाथि निरन्तर चासो राख्दै आइरहेको कान्तिपुरले आज सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा व्यक्तिका नाममा रजिष्ट्रेसन पास गराइएको खुलासा गरेको छ । करिब ३५ वर्षअघि नदीले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा भूमाफियाले व्यक्तिका नाममा कायम गरेकाे समाचारमा उल्लेख छ ।

ल्यान्ड पुलिङ गरी घडेरी बिक्री गर्दै आइरहेको मनोहरा जग्गा एकीकरण आयोजना कार्यालयले ल्यान्ड पुलिङका लागि पहल गर्दा अचानक यो तथ्य खुलेको कान्तिपुर समाचारमा उल्लेख छ ।

नागरिकले पनि प्रमुख समाचारमा सार्वजनिक जग्गा दुरुपयोगकै विषय रोजेको छ । नागरिकका अनुसार, धोबीखोलाको जग्गा पनि भूमाफियाले व्यक्तिका नाममा दर्ता गराएका छन् ।

प्रशान्त लामिछाने नागरिकमा लेख्छन्– नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचचारीसँगको मिलेमतोमा खोला वरिपरिको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ ।

सत्य निरुपयण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारीमा आयोगकै पूर्वसदस्य, बहालवाला सचिवदेखि न्यायाधीशसम्मले इच्छा देखाएको अर्को खबर पनि नागरिकमा छ ।

नयाँ पत्रिकामा सरकारको नीति तथा कार्यक्रमको समीक्षा छापिएको छ भने राजधानीले राजपा, फोरम, नयाँ शक्ति र जनमुक्ति पार्टी मिलेर समाजवादी पार्टी बन्न लागेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?