Comments Add Comment

दुई वर्षभित्र मूलपानी रंगशाला, सबै प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला

२० वैशाख, काठमाडौं । सरकारले अगामी २ वर्षभित्र काठमाडौंको मूलपानी क्रिकेट रंगशाला पूरा गर्ने बताएको छ ।

संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मूलपानी क्रिकेट रंगशाला दुई वर्षभित्र सम्पन्न गर्ने बताएकी हुन् ।

त्यस्तै काठमाडौं उपत्यकामा राष्ट्रिय खेलकुद परिसर निर्माणका लागि आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, क्रिकेट एकेडेमी सञ्चालनमा ल्याउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने पनि सरकारले घोषणा गरेको छ । प्रत्येक स्थानीय स्तरमा खेलमैदान निर्माण गर्ने सरकारले काठमाडौंमा राष्ट्रिय खेलकुद परिषदको निर्माण गर्ने लक्ष्य छ ।

२०१९ मा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्ने सरकारको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment