Comments Add Comment

लिभरपुल शीर्ष स्थानमा उक्लियो, उपाधि होड रोचक बन्दै

Photo Credit : प्रिमियर लिग

२२ वैशाख, काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति न्युक्यासललाई उसैको घरेलु मैदानमा भएको खेलमा ३-२ गोलअन्तरले पराजित गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा भिर्गिल भान डिजिक, मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरे । यता, न्युक्यासलका लागि क्रिस्टियन एट्सु र सालोमन रोन्डनले गोल गरे ।

लिभरपुलले खेलको १३औं मिनेटमा नै अग्रता लिएको थियो । लिभरपुलले भन डिजिकको गोलबाट १-० को अग्रता बनाएको थियो । तर यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको २०औं मिनेटमा नै एट्सुले गोल गर्दै न्युक्यासललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको २८औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई फेरी अग्रता दिलाएका थिए । उनकै गोलमा लिरभपुलले पहिलो हाफसम्ममा २-१ गोलको अग्रता बनाएको थियो । ५४औं मिनेटमा रोन्डनले गोल गर्दै फेरी न्युक्यासललाई खेलमा फर्काउने कोशिस गरेका थिए । तर खेलको ८६औं मिनेटमा ओरिगीले गोल गर्दै गर्दै लिभरपुललाई ३-२ गोलको जित दिलाए ।

लिगको शीर्ष स्थानमा उक्लिएको लिभरपुलको ३७ खेलबाट ९४ अंक भएको छ । त्यस्तै, पराजित न्युक्यासलको भने समान खेलबाट ४२ अंक मात्रै छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३६ खेलबाट ९२ अंक छ । लिगको उपाधिका लागि लिभरपुल र सिटीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment