२२ वैशाख, काठमाडौं । लिग च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लज्जास्पद हार ब्यहोरेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २-० गोलअन्तरले पराजित भएको हो । म्याक्सी गोमेज र लेगो असपासले सेल्टाको जितमा गोल गरे ।
खेलअवधिभर बल नियन्त्रणमा राखेपनि बार्सिलोनाले गोल गर्न भने सकेन । पहिलो हाफमा गोलरहित बराबरी खेलको सेल्टा भिगोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेको हो ।
६७औं मिनेटमा गोमेजले गोल गर्दै सेल्टालाई १-० गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ८८औं मिनेटमा पेनाल्टीबाट असपासले गोल गर्दै सेल्टालाई २-० गोलको जित दिलाए ।
यसअघि नै लिग च्याम्पियन बनिसकेको बार्सिलोनाको हारपछि ३६ खेलबाट ८३ अंक भएको छ । बार्सिलोनालाई पराजित गरेको सेल्टाको समान खेलबाट ४० अंक छ ।
शनिबार राति नै भएका अन्य खेलमा एट्लेटिको मडि्रड स्पानियोलसँग ३-० गोलअन्तरले पराजित भएको छ । त्यस्तै, लेभान्टेले रायो भ्यालेकानोलाई ४-१ गोलअन्तरले पराजित गर्दा अलभेस रियल सोसाइडेडसँग १-० गोलअन्तरले पराजित भएको छ ।
प्रतिक्रिया 4