Comments Add Comment

सलिनमानले जिते ‘उत्कृष्ट नायक’को अवार्ड(फोटो फिचरसहित)

नायक सलिनमान बनियाँको आज जन्मदिन हो । सलिन आज आफ्नो जन्मदिन घरपरिवार र साथीभाइसँग सेलिव्रेशन गरिरहेका छन् । सलिनमान बनियाँले चलचित्र ‘ए मेरो हजुर २’बाट यो क्षेत्रमा पाइला राखेका थिए । उनै, सलिन दोश्रो चलचित्र ‘यात्रा’सम्म आइपुग्दा खारिएका छन् ।

जन्मदिनको अघिल्लो दिन उनका लागि नयाँ खुशी पनि मिलेको छ । काठमाण्डौमा आयोजना भएको ‘डी सिने अवार्ड’मा सलिनमानले उत्कृष्ट नायकको अवार्ड उचाले । उनले चलचित्र ‘यात्रा’बाट उत्कृष्ट नायकको अवार्ड उचालेका हुन् । अवार्ड उचाल्दै गर्दा सलिन खुशी देखिएका थिए । उनले, आफूले यो अवार्ड पाउने आशा नगरेपछि जुरीले उत्कृष्ट ठानेर अवार्ड दिएकोमा खुशी व्यक्त गरे ।

नायक सलिनमान बनियाँले दोश्रो चलचित्रसम्म आइपुग्दा आफ्नो अभिनयमा सुधार गरेका छन् । त्यो भन्दा पनि उनको एक्सनले भने धेरैलाई प्रभावित बनाएको थियो ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment