Comments Add Comment

ललिता निवास मिचिएको जग्गा धितो राखेर साढे २ अर्ब ऋण

साढे २ अर्ब ऋण लिएको भेटियो : मन्त्री अर्याल

२२ वैशाख, काठमाडौं । बालुवाटारमा व्यक्तिको नाममा दर्ता भएको ललिता निवासको अधिकांश जग्गा बैंकमा धितो राखेर २ अर्ब ६४ करोड रुपैयाँ ऋण लिएको पाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ती जग्गा अधिकांश बैंकमा धितो राखेको पाइएको बताएकी हुन् ।

आइतबार मन्त्रालयमै पत्रकारहरुसँगको अन्तर्क्रियामा मन्त्री अर्यालले भनिन् ‘अध्ययन गरेका अधिकांश जग्गा बैंकमा राखिएको छ । हामीले खारेज गर्ने भनेका प्राय सबै छन् । ती जग्गा राखेर दुई अर्ब ६४ करोड ७४ लाख लोन लिएको पाइएको छ ।’

यस्ता जग्गा ४५० कित्ता रोक्का गरिएको मन्त्री अर्यालले बताइन् । ‘४५० कित्ता जग्गा रोक्का गरिएको छ, अझै १७/१८ कित्ता पत्ता लगाउनै बाँकी छ ।’ उनले भनिन् ।

ती जग्गा व्यक्तिको नामबाट खारेज गर्नेबारे सोमबारसम्म निर्णय आउने पनि उनले बताइन । ‘खारेज गर्नेबारे भोलिसम्ममा निर्णय गर्नेगरी काम गर्न भनेको छु । आज रिपोर्ट हेरिसकेको छैन’ उनले बताइन् ।

मन्त्री अर्यालले देशभरका सरकारी जग्गा अक्रिमणबारे छानबिन गर्न केही दिनमा नै आयोग बनाउने पनि बताइन् । ‘मैले आयोगसम्बन्धी सबै काम सकेर मन्त्रिपरिषदमा पेस गरिसकेको छु । त्यहाँबाट निर्णय भएर आएपछि आयोग बन्छ’ उनले भनिन् ।

उनले देशभरको जग्गा पुनः नाप गर्ने योजना पनि बनाइएको जानकारी दिइन् । साथै उनले नेपालको २७ प्रतिशत मात्रै जग्गा नापी भएको पनि उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment