Comments Add Comment

रोडिजसँगै यामाहा एफजी राइडरहरु लागे लोमान्थाङ

२२ बैशाख, काठमाडौं । ‘यामाहा एफजी राइड ह्विथ रोडिज् टु लोमान्थाङ’को औपचारिक सुरुवात -फ्ल्याग अफ) काठमाडौंस्थित यामाहाको कर्पोरेट कार्यालयबाट भएको छ । नेपालमै पहिलो पटक भएको यो रोमाञ्चक मोटरसाइकल यात्रामा १३ जना एफजी राइडरले आफ्ना यामाहा एफजीमा विश्वकै कठोर भौगोलिक क्षेत्र र अग्ला हिमाली सडकबाट परिचित अपर मुस्ताङसम्म नौ दिन यात्रा गरेर १३ सय किलोमिटर पार गर्नुहुनेछ । उहाँहरुको हौसला बढाउन ‘द हिमालयन रोडिज्’का जजद्वय रेमन दास श्रेष्ठ र दिया मास्के र दोस्रो सिजनका विजेता आयुष श्रेष्ठ पनि यात्रामा सहभागी हुनु भएका छन् ।

यामाहाको साहसिक यात्राको ‘फ्ल्याग अफ’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सिईओ चिरञ्जीवी शाहले गर्नु भएको हो । ‘यामाहाले विगत पनि नियमित रुपमा राइड आउटको आयोजना गर्दै आएको छ । तर राइड हि्वथ रोडिज् हालसम्मकै ठूलो राइड आउट हुनेछ । यामाहाका राइडरहरुसँग बलियो सम्बन्ध गाँस्नु हाम्रो एउटै मात्र चाहना हो,’ ‘फ्ल्याग अफ’ सेरेमनीमा राइडरहरुलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भन्नु भयो ।’

‘यामाहाका मोटरसाइकलले सुरक्षा र कम्फोर्टमा कुनै सम्झौता नगरी राइडिङ थि्रलको अनुभूति दिलाउँछ । हामीलाई आशा छ, यो यात्राले सहभागी एफजी राइडरलाई लाईफ टाइम एक्सपिरियन्स दिनेछ र आफूहरुबीच पनि अद्वितीय भातृत्वको विकास गराउनेछ ।’ उहाँले अगाडि भन्नु भयो । उहाँले यामाहालाई विश्वास गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । त्यसैगरी, सिईओ चिरञ्जीवी शाहले सबै राइड र टिमको सुरक्षित यात्राको कामना गर्नु भयो ।

देशका विभिन्न स्थानमा गरिएको अडिसनबाट छानिनु भएका राइडरहरुले भौगोलिक विकटता र खराब मौसम भएका स्थानको यात्रा मात्र गर्नु हुने छैन हिमाली क्षेत्रको सुन्दरता र सांस्कृतिक विविधताको पनि अवलोकन गर्नु हुनेछ । त्यसैगरी, उहाँहरुले मुक्तिनाथ, झारकोटस्थित श्री मुक्तिनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रगी वितरण गर्नुहुनेछ । राइड ह्विथ रोडिज्को दैनिक गतिविधि यामाहा नेपालको औपचारिक फेसबुक पेजमा उपलब्ध हुनेछ ।

एफजीको टोलीमा भर्खरै नेपालमा सार्वजनिक भएको यामाहा एफजी एस एफआई भी३.० पनि सहभागी हुनेछ । यो फ्युल इन्जेक्सन प्रविधि र एबीएस भएको सेग्मेन्टकै पहिलो मोटरसाइकल हो ।

राइडल टोलीमा इटहरीका विशाल राई र सन्दिप शर्मा, चित्तवनका सम्मान श्रेष्ठ र सुजन पौडेल, बुटवलका अनिल बराल र सागर बुर्जमगर, काठमाडौंका जीवन बयलकोटी, दिपु महर्जन र आयुष राज खनिया, पोखराका सन्दिप क्षेत्री, ज्ञानेन्द्र विक्रम शाही र विशाल अर्याल र महिला चालक पूजा गुरुङ हुनुहुन्छ । उहाँहरुका साथमा मोटोभ्लगर ‘राइड ह्विथ सागर’ (सागर थापा) र बाइकर्जरेभ्स (जुनेश त्वाना) पनि हुनुहुनेछ ।

यामाहा द हिमालयन रोडिज् सिजन २ को मुख्य प्रायोजक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment