Comments Add Comment

मोदीको सय करोड अझै जनकपुर आइपुगेन

२२ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आएको वर्ष दिन पुग्न अब एक साता बाँकी छ । तर, उनले दिने भनेको एक सय करोड अझै जनकपुर आइपुगेको छेन ।

२८ वैशाख २०७५ मा जनकपुर आएका मोदीको स्वागतमा संघीय र प्रदेश सरकारले कुनै कसर बाँकी राखेन । मोदीले पनि जानकी मन्दिरमा पूजापाठ गर्नुका साथै बाह्रबिघामा आयोजित भव्य समारोहलाई सम्बोधन गरे । त्यस क्रममा उनले जनकपुरका लागि सय करोड भारु दिने प्रतिबद्वता जनाएका थिए ।

तर, यो सहयोग जनकपुरले अहिलेसम्म पाएको छैन । मोदीले घोषणा गरेको एक सय करोड भारतीय रुपैयाँ विभिन्न निकायहरुबीच समन्वय नहुँदा अलपत्र परेको छ ।

प्रदेश २ सरकारको कुरा मान्ने हो भने भारतीय पक्ष उक्त रकम दिन तत्पर छ तर, संघीय सरकारले यसबारे कुनै चासो नदिँदा रकम आउन सकेको छैन ।

अन्तर्राष्ट्रिय सहयोग अथवा अनुदान सिधै प्रदेश सरकारले पाउँदैन । केन्द्रीय सरकारमार्फत आउँछ । प्रदेशका भौतिक विकास पूर्वाधार मन्त्री जितेन्द्र सोनल भन्छन्, ‘हामीले सर्वपक्षीय र सर्वदलीय छलफल गरी दुई वटा योजना छनौट गरेर संघीय सरकारलाई पठाइसकेका छौं तर, संघीय सरकारले चासो दिएन ।’

उनका अनुसार जनकपुरमा निकै आकर्षक संग्रहालय र सुविधा सम्पन्न धर्मशाला निर्माणको लगत स्टमेट तयार गरी संघीय सरकारलाई पठाइएको छ ।

भारतीय दूतावासले मोदीको घोषणाअनुसार रकम दिन आफूहरु तयार रहेको व्यहोरासहित परराष्ट मन्त्रालयमा पत्र पठाइएको जानकारी पनि आएको छ ।

तर, प्रदेश सरकारले पठाएको योजनालाई संघीय सरकारले रद्दीको टोकरीमा मिल्काएको उनको आरोप छ । भारतीय प्रधानमन्त्रीले मात्र होइन, तत्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जी समेत जनकपुर आउँदा दुई वटा धर्मशाला निर्माण गरिदिने घोषणा गरेका थिए । तर यो योजना पनि अलपत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment