
युएई। अल अहलिया एक्सचेन्ज युएईले गतवर्ष जस्तै आफ्ना ग्राहक लक्षित समर प्रोमोसन योजना ल्याएको छ । यो प्रोमोसनमा सहभागी ग्राहकले १ केजी सुन र १० वटा कार उपहार जित्नेछन् ।
योजना मे ५ देखि जुलाई ३ तारिखसम्म चल्ने छ । यो अवधिमा अल अहलिया एक्सचेन्ज युएईको कुनैपनि शाखाबाट आफ्नो देशमा पैसा पठाउने ग्राहक योजनामा सहभागी हुने सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।
योजनामा सहभागीहरु गोलाप्रथाद्धारा विजेता छनोट हुनेछन् । पहिलो गोलाप्रथा जुलाई ४ ताखिर आबुधाबीको इलेक्ट्र शाखामा गरिनेछ ।जसमा तीनजना विजेताले ३ वटा कार जित्नेछन् ।
यस्तै ३ वटा कारको विजेता सारजाहको अल सज्जा इण्डस्ट्रियलमा जुलाई ७ मा सर्वजनिक हुनेछ । मेघा पुरस्कारमा १ किलो सुन र ४ वटा कारको घोषणा जुलाई ८ तारिख दुबईको अलकुज शाखामा हुने पौडेलले जानकारी दिए ।
वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन एक्सचेन्जले हरेक वर्ष यस्ता योजना ल्याउने गरेको एक्सचेन्जका नेपाल प्रमुख वेनीमाधव ढकालले अनलाइनखरबलाई बताए ।
अल अहलिया एक्सचेन्जले हरेकवर्ष आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गदै आएको छ । अघिल्लो वर्षको समर सरप्राइज योजनामा इलाम सन्दकपुरका नरेन्द्र मगरले १ केजी सुन उपहार पारेका थिए । यस्तै २०१३ मा दैलेखका रामबहादुर कट्वालले १ लाख दिराम जितेका थिए ।
यसअघि धेरै जना नेपालीले उपहार जितेको हुदाँ यस योजनामा सहभागी हुन यहाँ कार्यरत नेपालीलाई एक्सचेन्जका जनरल म्यानेजर कमल सब्बाले आग्रह गरे ।
प्रतिक्रिया 4