Comments Add Comment

फोरम र नयाँ शक्तिबीच एकता : नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी

२३ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् ।

दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ, जसको घोषणा सभा अहिले चलिरहेको छ ।

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबेँदे सहमतिमा हस्तक्षर गरेका छन् । ‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।

समाजवादी पार्टीले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार संविधान संशोधन गरेर १०+१ प्रदेश बनाउनुपर्ने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment