
२४ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलेसंविधान संशोधनको मुद्दालाई आफ्नो पार्टीले मात्र जिवन्त राखेको बताएका छन् । मधेसका नाममा मत लिएकाहरुले संविधान संशोधनको मुद्दा बिर्सिसकेको उनको दाबी छ ।
मंगलबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निधिले कांग्रेसले मात्रै संविधान संशोधन गराउने दाबी गरे । ‘कांग्रेस संशोधनको मुद्दालाई छाड्दैन्,’ उनले भने ।
संविधान संशोधनलाई मुद्दा बनाएर जनताको मत लिएका फोरम र राजपा संविधान संशोधनको मुद्दा बिर्सिसकेको उनले बताए । ‘राजपाले पनि यो मुद्दा छाडिसकेको छ’ निधिले भने, ‘सरकारमा रहेका उपेन्द्रको पार्टी त झन संशोधनको पक्षमा छैन ।’
कांग्रेस उपसभापति निधिले सकार संघीयतालाई समाप्त पार्न लागेको आरोप पनि लगाए । ‘संघीयतालाई बर्बाद पार्दै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ’ उनले भने, ‘सरकारको यही रबैयालाई जनता समक्ष ल्याउनका लागि हामीले भोलिबाट देशभर जागरण अभियान सुरु गर्दैछौं ।’
प्रतिक्रिया 4