Comments Add Comment

बार्सिलोनामाथि सनसनीपूर्ण जित निकाल्दै लिभरपुल फाइनलमा

Photo Credit : च्याम्पियन्स लिग

२५ वैशाख, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा सनसनीपूर्ण जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई लिभरपुलले ४-० गोलअन्तरले पराजित गरेसँगै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा ३-० गोलअन्तरले पराजित भएको लिभरपुलले दोस्रो लेगमा भने सनशनीपूर्ण प्रदर्शन गर्दै समग्रमा ४-३ को जित दर्ता गरेको हो ।

यो जितसँगै लिभरपुल लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।

लिभरपुलको जितमा डिभोक ओरिगी र जर्जिनो विज्नल्डमले समान २-२ गोल गरे । पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्दा बार्सिलोना बल आफ्नो पकडमा राखेर पनि स्तब्ध बन्यो ।

खेलको सातौं मिनेटमा नै ओरिगीले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनकै गोलमा लिभरपुलले पहिलो हाफमा १-० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा झनै सुधारिएको प्रदर्शन गर्दै लिभरपुलले गोल गर्‍यो ।

पहिलो हाफमा परिवर्तित खेलाडीको रुपमा मैदानमा छिरेका जर्जिनोले खेलको ५४औं मिनेटमा गोल गर्दै लिभरपुललाई २-० गोलको अग्रता दिलाए । त्यसको दुई मिनेट नवित्दै अर्थात ५६औं मिनेटमा उनले अर्को गोल थप्न सफल भए । योसँगै लिभरपुल ३-० गोलले अघि रहेको थियो ।

तीन गोल गरेपछि लिभरपुललाई फाइनल पुग्ने आत्मविश्वास झनै बढेको थियो । ७९औं मिनेटमा ओरिगीले अर्को गोल गरेपछि लिभरपुलले बार्सिलोनालाई ४-० गोलले स्तब्ध बनाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment