+
+
Shares

पाकिस्तानको लाहोरमा विष्फोट, कम्तिमा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २५ गते १०:१८

२५ वैशाख, काठमाडौं । पाकिस्तानको लाहोरस्थित दाता दरवार अगाडि बम बिष्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

बुधबार बिहान दाता दरबार अगाडि पन्जाब प्रहरीको भ्यानलाई लक्षित गरी बम विष्फोट गराइएको हो । क्षतिको पूर्णविवरण आउन बाँकी छ ।

यद्यपि मृत्यु भएका दुई जनाको शव मायो अस्पतालमा राखिएको छ । घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

अहिले सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?