Comments Add Comment

‘जात्रै जात्रा’ निर्माता भन्छन्–‘शो कम भयो भनेर रुनु बेकार छ, पहिले पाएको भर्न सक्नुपर्छ’

जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जात्रै जात्रा’को कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बाँनिया सकारात्मक सोच राख्छन् । उनी, यो चलचित्रलाई ‘जात्रा’सँग तुलना गरेर नआउन दर्शकलाई आग्रह पनि गर्छन् । उनले आफूहरुले चलचित्र राम्रो बनाउने कोशिश गरेको भन्दै अब दर्शकको हातमा रहेको सुनाए ।

मिडियाको कुराकानीमा उनले भने–‘तपाइको कर्म, तपाइको भाग्य नै खाने हो तपाइले । कसैको भाग्य कसैको खाना अरुले खोस्न सक्दैन । चलचित्र एकसाथ ३–४ वटा रिलिज भएर झनै दर्शकलाई सूचना बढी पुगेको छ, बनाउने मेकरलाई च्यालेन्ज बढेको छ ।’

उनले मल्टिप्लेक्समा शोज कम पाइयो र चलचित्र चलेन भनेर कुनै निर्माताले भन्छ भने त्या गल्ती लुकाउने बहाना मात्र भएको बताए । उनले भने–‘हामी सबै भाग खान खोज्छौ । तर, पछि थोरै पनि खान सक्दैनौ । पहिले आफूले पाएको खाना सकौ, अनी मात्र अरु मागौ । आफूले पाएको नसक्ने अनी अरु भाग पनि लिन खोज्नु कमजोरी हो ।’

उनको वुझाइमा, नेपाली चलचित्रको स्क्रिन धेरै भैसकेकाले अहिले एकसाथ ३ वटा चलचित्र रिलिज हुँदा पनि पुग्ने अवस्था छ । उनले भने–‘दर्शकका लागि रोाजई भैसकेको छ । दर्शक आफैले अब के हेर्ने भन्नेमा पक्का भैसकेका छन् । झन्, चलचित्र एकसाथ आउँदा हामीलाई राम्रो बनाउन दबाब बढ्छ । म त ‘वीर विक्रम २’ लाग्दैछ, उहाँहरुलाई पनि शुभकामना दिन चाहन्छु ।’

उनले भने–‘मलाई १२–१३ शोज भएपनि पुग्छ । पाएको शोज भर्न पाउँ । भोली चलचित्रले आफै माग्ने हो । चाहियो भने माग्छु, नत्र माग्दिनँ ।’ निर्माता तथा कलाकार बाँनियाले अहिले कलाकार पनि धेरै पारिश्रमिक पाउँदा ठूलो हुने र चलचित्रले पनि शोज धेरै पायो भने ठूलो हुने अवस्था आएको छ । हामी यसले गलत बाटोतर्फ लागिरहेका छौ ।

उनले चलचित्र ‘जात्रै जात्रा’को कथावस्तु सुन काण्डमात्र नभएको बताए । दर्शकले चलचित्र हेर्दा मनोरञ्जनको साथमा केही नयाँ कुरा पाउने उनको दाबी छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘जात्रै जात्रा’मा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया, राजाराम पौडेल, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment