Comments Add Comment

‘घामट शेरे’मा निश्चल र स्वस्तिमाको यस्तो गेटअप

कलाकार तथा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘घामट शेरे’को धमधम छायांकन भइरहेको छ । १ महिनाको सेड्युलसहित ‘घामट शेरे’ टिम सुर्खेत पुगेको थियो । अब भने चलचित्रको सुर्खेत सेड्युल आधा भइसकेको छ ।

हेमराज बीसीको निर्देशनमा तयार भएको यो चलचित्रमा स्वस्तिमा र निश्चल पहिलो पटक पूरा चलचित्रमा जोडी भएर काम गर्दैछन् । रियल लाइफ यो जोडीले म्युजिक भिडियो र चलचित्रको गीतमा भने जोडी बाध्ने मौका पाइसकेको थियो । तर, पूर्ण चलचित्र भने यो नै पहिलो हो ।

उनीहरुले अभिनय गरेको चलचित्र ‘दुई रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ निकै सफल भयो । यो गीतले युट्युबमा १० करोड बढी भ्युज पाएको छ । उनीहरुको यो लोकप्रियतालाई प्रयोग गर्नका धेरै चलचित्रबाट अफर समेत गरिएको थियो । तर, उनीहरुले राम्रो चलचित्र नपाएको भन्दै धेरै चलचित्र अस्विकार गरे । यस्तैमा, हेमराजको ‘घामट शेरे’ले भने उनीहरुको मन जित्यो र यसमा एकसाथ काम गर्न तयार भए ।

‘घामट शेरे’को सुर्खेतको सेड्युल सकेपछि काठमाण्डौंमा पनि केही दृष्यहरु खिचिनेछ । चलचित्रलाई नरेन्द्र मौनालीले खिचिरहेका छन् । स्वस्तिमाले सार्वजनिक गरेको तस्बिरमा उनीहरु पर्दामा पनि श्रीमान् र श्रीमतीकै भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment