+
+
Shares

एनआईसी एशिया बैंक र ब्लुक्रस हस्पिटल बीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २५ गते २१:१०

२५ वैशाख, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल बीच स्वास्थ्य सेवामा छुटसम्वन्धि सम्झौता भएको छ ।

बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटलका बोर्र्ड सेक्रेटरी रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?