+
+
Shares

देउवालाई प्रकाशमानले भने : महाधिवेशन सर्दा स्थानीय चुनाव हारिएला !

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २५ गते १६:०५

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयभित्रै १४ औं महाधिवेशन सकेर स्थानीय निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कांग्रेसको राष्ट्रिय जागरण अभियानको कार्यक्रममा उनले महाधिवेशन पछि सर्दै गएमा पार्टीभित्रैको हारजितका कारण स्थानीय चुनावमा हार व्यहोर्ने अवस्था आउने भन्दै तोकिएकै समयमा माहाधिवेशन गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए ।

स्थानीय चुनाव आउन तीन वर्ष बाँकी छ, चौधौं महाधिवेशन स्थानीय निर्वाचन भन्दा धेरै अगाडि नै गर्नुपर्छ’ उनले भने ‘ढिलो गरेर सार्दै गयो भने कांग्रेस त हो नि, फलानोले मलाइ गुटमा हरायो भन्ने भएकाले महाधिवेशन सकेर चुनावको तयारीमा लाग्नुपर्छ ।’

पार्टीभित्र गुट उपगुटका कारण गत चुनावमा पराजय व्यहोर्नुपरेको भन्दै नेता सिंहले कांग्रेसभित्र कांग्रेसी संस्कार हराएको टिप्पणी गरे । ‘कांग्रेस भए पनि निर्दलको संस्कार विकास भइरहेको छ । यो राम्रो भएन । समय हुँदैमा विचार गरौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?