+
+
Shares

कनकाई पुलमा शङ्कास्पद वस्तु फेला, सवारी आवागमन प्रभावित

रासस रासस
२०७६ वैशाख २९ गते ७:४८
Photo Credit : प्रतीकात्मक तस्वीर

२९ वैशाख, झापा । जिल्लाको कनकाई नदी पुलमा आइतबार बिहान शङ्कास्पद वस्तु फेलापरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुलमा कागजले बेरिएको अवस्थामा प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तुबारे एक स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।

सुरक्षाका कारण अहिले पुलमा सवारीसाधन तथा पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार प्रेसर कुकरजस्तो देखिने शङकस्कापद वस्तुमा ३० मिटर लामो बिजुलीको तारसमेत जडान गरिएको देखिन्छ ।

चारआलीस्थित श्रीनाथ गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको उनले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?