Comments Add Comment

‘स्त्री’को सिक्वेल बन्ने

गत वर्ष रिलिज भएको बलिउड चलचित्र ‘स्त्री’ले धेरै दर्शकको मन जित्यो । सानो बजेटमा निर्माण भएको चलचित्रले राम्रो व्यापार गर्न सफल भयो । निर्माण टिमले सोचेको भन्दा धेरै माथि चलचित्रको कमाई थियो । केही समयदेखि उक्त चलचित्रको सिक्वेल बन्ने विषयमा विभिन्न चर्चाहरु भइरहेको थियो ।

तर, निर्माण पक्षले आधिकारिक रुपमा कुनै पनि सुचना बाहिर ल्याएको थिएन । अब भने निर्माण पक्षले आधिकारिक खबर बाहिर ल्याएको छ । ‘स्त्री’ निर्माण युनिट यो चलचित्रको सिक्वेल बनाउने तयारीमा छ । यो चलचित्रमा पनि ‘स्त्री’ चलचित्र जोडी राजकुमार राव र श्रद्धा कपुर नै मुख्य भूमिकामा रहने पक्का भएको छ । दिनेश विजन र राज एण्ड डिकेले निर्माण गर्ने यो चलचित्रलाई ‘स्त्री’ निर्देशक अमर कोशिकले नै निर्देशन गर्दैछन् ।

हाल यो चलचित्रको स्क्रिप्टमा काम भैरहेको छ । निर्माण टिमका अनुसार यो चलचित्रको छायांकन सुरु हुन भने केही समय लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment