Comments Add Comment

एउटै मञ्चमा २० श्रष्टालाई १५ लाखको पुरस्कार

काठमाडौं/शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय जन्मोत्सवको पूर्वसन्ध्यामा संसारभर छरिएर रहेका नेपाली भाषीहरु मध्ये नेपाली भाषा, साहित्य र संस्कृतिमा काम गरिरहेका २० जना श्रष्टालाई नइ प्रकाशनले सम्मान गरेको छ । श्रष्टालाई सम्मान गर्न जोशी आफै उपस्थित थिए ।

समारोहमा दुई लाख रुपैयाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ सुप्रसिद्ध साहित्यकारद्वय भारतका १०१ वर्षीय हाइमनदास राई किरात र ८६ वर्षीय डा.लक्खीदेवी सुन्दासलाई समर्पण गरियो ।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्‍याएबापत किरात र सुन्दासलाई सो पुरस्कार समर्पण गरिएको हो । यो पुरस्कार नेपाली-गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।

सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट समर्पित श्री १००८ स्वामी रमणानन्द गिरीलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरियो ।

त्यसैगरी राजनीतिज्ञ, लेखक, तथा चिन्तन चन्ऽप्रकाश मैनालीलाईर् ‘नइ कीर्तिनिधि पुरस्कार’ प्रदान गरियो ।

नेपाली भाषाको श्रीवृद्धिका लागि नेपाली साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै प्रा.डा.चूडामणि बन्धुलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ प्रदान गरिएको छ ।

नेपालको आधुनिक इतिहासलाई निष्पक्ष र सकारात्मक रुपमा परिमार्जन गर्दै नेपालको इतिहासको अध्ययनमा नै समर्पित भएकोमा प्रा.डा.त्रिरत्न मानन्धरलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ प्रदान गरिएको छ ।

नेपाल बाहिर रहेर नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सिर्जनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित अमेरिकाका गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरियो । यो पुरस्कार विदेशमा बसेर नेपाली साहित्यको सेवा गर्ने नेपाली-गोर्खाली मूलका स्रष्टालाई मात्र प्रदान गरिन्छ ।

नेपालमा पहिलो पटक एकल चित्रकलामा प्रदर्शन गरेका र कलाको क्षेत्रमा अविछिन्न योगदान पुर्‍याएका गेहेन्द्रमान अमात्यलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरियो ।

काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्‍याउने स्याङ्जाका श्री देवीप्रसाद वनवासीलाई ‘नइ धनरुप पुरस्कार’ समर्पण गरियो । पुरस्कार राजधानी बाहिर बसेर नेपाली साहित्यको सेवा गर्ने स्रष्टालाई प्रदान गरिन्छ ।

यी सातैैवटा पुरस्कार ताम्रपत्रसहित जनही एकएक लाख रूपैयाँ राशिका रहेका छन् ।

समारोहमा ताम्रपत्र सहित ३ जना व्यक्तित्वलाई जनही ५० हजार रूपैयाँ राशिका पुरस्कार समर्पण गरिएको थियो ।

५० हजारको पुरस्कार पाउनेमा प्रा.डा.महेश खकुरेललाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’, साहित्यकार मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ र उपत्यका बाहिर बसेर नेपाली भाषा साहित्य र शिक्षा सेवामा लागेकी नेपालगञ्जकी किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरियो ।

त्यसैगरी विविध वाङ्मयिक गतिविधिमा समर्पित १५ वर्षसम्मका ५ जना बालबालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रूपैयाँ राशिसहित ‘नइ बाल पुरस्कार’ समर्पण गरेको छ ।

यसरी पुरस्कृत हुनुहुनेहरू बहुआयामिकतर्फ जेनी मानन्धर, साहित्यतर्फ प्रारम्भ अधिकारी, चित्रकलातर्फ विमल शाही, नृत्यतर्फ पालिस्था नापित र खेलकुदतर्फ निशान पन्थी छन् ।

१० वर्ष उमेर समूहका गायनमा हिमानी प्रधान र नृत्यमा अपेक्षा शेरचनलाई ताम्रपत्रका साथ जनही ७ हजार रूपैयाँ राशिसहित ‘नइ कोपिला पुरस्कार’ समर्पण गरियो ।

त्यसै गरेर ३ वर्षीय स्वीकृति दाहाललाई ताम्रपत्रका साथ ५ हजार रूपैयाँ राशिसहित ‘नइ चिचिला पुरस्कार’ समर्पण गरिएको छ । शताब्दी पुरूष डा.सत्यमोहन जोशीले सबै श्रष्टाहरुलाई पुरस्कार एवं ताम्रपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment