+

रोहित, दीपेन्द्र र देवको अर्धशतकमा नेपालको बलियो योगफल

२०८३ कात्तिक  २ गते १५:०७ २०८३ कात्तिक २ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा ओमानलाई २८१ रनको लक्ष्य दिएको छ।
  • ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर ब्याटिङ गरेको नेपाल ५० ओभरमा अलआउट हुँदै २८० रनमा रोकिएको हो।
  • शीर्ष ६ मा अटाउन जित्नैपर्ने दबाबमा रहेको नेपाल ३५ खेलमा २८ अंकसहित तालिकाको सातौं स्थानमा छ।

२ कात्तिक, काठमाडौं । देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो अन्तिम खेलमा ओमानलाई २८१ रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २८० रन बनायो ।

रोहितले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाए । दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाए । ओपनिङ गरेका देवले ६५ बलमा ४ चौका र १ छक्कासअित ५७ रन बनाए ।

९९ रनमा ३ विकेट गुमेको अवस्थामा रोहित र दीपेन्द्र मिलेर १३९ रनको साझेदारी गरेका थिए । त्यसपछि नेपाल २३८-३ को अवस्थाबाट २८० रनमा अलआउट भएको हो ।

नेपालको फिनिसिङ सोचेजस्तो बलियो भने हुन सकेन । यद्यपी अन्त्यतिर बसिर अहमदले ७ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए ।

ओमानका लागि शाह फेसलले ८ ओभरमा ५७ रन दिएर ५ विकेट लिए । जय ओडेराले ३ तथा समय श्रीवास्तवले २ विकेट लिए ।

लिग २ को अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।

सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग पराजित भएको थियो ।

नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो । अब नेपालले ओमानलाई हराए फेरि छैटौं स्थानमा उक्लिनेछ ।

लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाली क्रिकेट लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय